'मन्त्रिपरिषद् बैठक कोरोना नियन्त्रणका विषयमा मात्रै केन्द्रित'

 भदौ ५, २०७७ शुक्रबार १८:१२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले कोरोना भाइरसविरुद्धको लडाइँ थप प्रभावकारी बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारकाे बैठक पूर्णरुपमा कोरोनाकै विषयमा मात्रै केन्द्रित भएको र कोरोनाविरुद्ध थप समन्वय गर्दै अघि बढ्ने निर्णय गरेको अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय सीमा क्षेत्र र जिल्लाभित्र कोरोना सङ्क्रमित धेरै भएका स्थानमा स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउने र त्यसको लागि स्थानीय प्रशासनले गस्ती गराउने पनि सरकारले जनाएको छ ।

मापदण्ड पालना नगर्नेलाई कडाइका साथ कारबाही गर्ने पनि सरकारले चेतावनी दिएको छ । देशभित्रको आर्थिक चहलपहल शून्य नहोस् भनेर लकडाउन हटाएर स्वास्थ्यका मापदण्ड पालनालाई जोड दिइएको अर्थ मन्त्री खतिवडाले बताउनुभयो ।

काठमाण्डौ उपत्यकामा जोखिम बढ्दै गरेकाले ठूला क्वरेण्टीनको प्रबन्ध र सञ्चालन गर्न एकीकृत व्यवस्थापन समिति पनि गठन गर्ने सरकारले निर्णय गरेको छ । 

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया