यी अस्ट्रेलियाली जाेडीले जमिन खनेर निकाले ३ कराेड रुपैयाँ बराबरकाे सुन

 भदौ ५, २०७७ शुक्रबार २१:७:६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – दक्षिणी अस्ट्रेलियामा खन्ने काम गर्ने एक जोडीले सुनको दुई वटा डल्ला हात पारेका छन् । उनीहरुले खन्ने क्रममा झण्डै दुई लाख ५० हजार अमेरिकी डलरभन्दा बढी (तीन कराेड रुपैयाँ) मूल्य पर्ने सुनको डल्ला भेटेका हुन् । ब्रेन्ट श्यानन र एथन वेस्टले त्यो सुनको डल्लो भिक्टोरिया राज्यको टार्नागुल्ला शहर नजिक खन्दै गर्दा भेटेका हुन् । 

उनीहरुको यो खोजलाई चर्चित टेलिभिजन शो ‘अस्सी गोल्ड हन्टर्स’ मा देखाइएको छ । यो कार्यक्रमा बिहीबार प्रसारित भएको थियो । 

यो जोडीले धातुजन्य खोज उपकरण (मेटल डिटेक्टर) को प्रयोग गरेर सुन पत्ता लगाएपछि त्यस क्षेत्रमा खनेर सुन निकाले । सुन निकाल्नको लागि गरिएको पूरै प्रक्रिया टेलिभिजनमा प्रसारित गरिएको थियो । 

समाचार संस्था सीएनएनसँग कुरा गर्दै एथन वेस्टले भने, ‘यो निश्चित रुपमा हाम्रो सबैभन्दा महत्त्वपूर्ण खोजमध्ये एक हो । एकैदिन यति ठूलो दुई वटा सुनको डल्लाको खोज, वास्तवमा आश्चर्यजनक हो ।’

यो कार्यक्रम प्रसारित गर्ने ‘डिस्कभरी च्यानल’ का अनुसार एथन वेस्ट र उनका पिताले मिलेर केही घण्टामा नै सुनको दुई वटा डल्ला खोजेर निकालेका थिए, जसको तौल झण्डै साढे तीन किलो छ ।

यस टेलिभिजन शोमा अस्ट्रेलियाका सुदूर इलाकामा सुनको खोजी गर्ने जोडीको काम दर्शकलाई देखाइन्छ । खोजकर्ता जमिनमा रहेको सुन कसरी खोज्छन् भनेर कार्यक्रममा देखाइन्छ । 

अस्ट्रेलियाको टेलिभिजन शो ‘सनराइज’ सँग कुरा गर्दै ब्रेन्ट श्याननले भने, ‘हामीले एक मौका खोजिरहेका थियौँ । त्यो एक खाली जमिन थियो, जसको अर्थ त्यहाँ पहिले कसैले पनि खनेका थिएनन् ।’  

एथन वेस्टका अनुसार चार वर्षमा खन्दै जाँदा आफूले सायद हजारौँ टुक्रा सुन फेला पारेको बताए ।   

डिस्कभरी च्यानलले सुनको खोज गर्नेले आफ्नो अनुमानित मूल्यको तुलनामा सुनको डल्लाको लागि ३० प्रतिशतसम्म धेरै भुगतान गर्न सक्ने जनाएको छ । 

सन् २०१९ मा एक अस्ट्रेलियाका व्यक्तिले मेटर डिटेक्टरको सहायताद्वारा एक दशमलव चार किलो सुन हात पारेका थिए । त्यसको अनुमानित मूल्य झण्डै ६९ हजार अमेरिकी डलर थियो । 

अस्ट्रेलियामा सुनको खोजी गर्ने काम सन् १८५० को दशमा सुरु भएको थियो र अहिले पनि अस्ट्रेलियामा यो एक महत्त्वपूर्ण उद्योग हो । 

एक स्थानीय वेबसाइटका अनुसार टार्नागुल्ला शहरको स्थापना पनि ‘भिक्टोरिया गोल्ड रश’ को क्रममा भएको थियो र यही कारण यो एक धनी शहर हो जहाँ धेरै खोजकर्ता आफ्नो भाग्य परीक्षण गर्न पुग्ने गर्छन् । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया