युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभियालाई

 भदौ ६, २०७७ शनिबार ७:३९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ । 

गएराति जर्मनीमा भएको खेलमा इटालियन क्लब इन्टर मिलानलाई ३-२ गोलले हराउँदै सेभियाले उपाधि जितेको हो । सेभियालाई जित दिलाउन लुक डे जोङले दुई र डिएगो कार्लोसले एक गोल गरे । 

यस्तै इन्टर मिलानका लागि रोमेरो लुकाकु र डिएगो गोडीनले एक/एक गोल फर्काए । सेभियाले छैठौं पटक युरोपा लिगको उपाधि जितेको छ । 

यसअघि सेभियाले सन् २०१६ मा युरोपा लिग जितेको थियो । सेभिया ६ पटक युरोपा लिग जित्ने एक्लो टिम हो । 

सन् १९९८ मा युरोपा लिग जितेको इन्टर मिलानले पछिल्लो ९ वर्षयता कुनै पनि उपाधि जित्न सकेको छैन ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया