सीपीएल : सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै २ विकेट लिए पनि जमैकाको हार

 भदौ ६, २०७७ आइतबार ५:३८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - क्यारेबियन प्रिमियर लिग सीपीएलमा नेपालका सन्दीप लामिछाने आबद्ध जमैका तालवाज गुयाना अम्याजन वारियर्ससँग १४ रनले पराजित भएको छ । गुयानाले १९ ओभर एक बलमा अलआउट हुँदै जम्मा एक सय १८ रन बनायो ।

सन्दीपको टिमले एक सय १९ रनको लक्ष्य पनि पूरा गर्न सकेन  । उसले २० ओभरमा सात विकेट गुमाएर एक सय चार रन मात्रै बनाउन सक्यो । जमैकाका आन्द्रे रसेलले ५२ रन बनाए पनि अरुले राम्रो रन जोडन सकेनन् ।
गएरातिको खेलमा सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा मात्र ८ रन दिएर दुई विकेट हात पारे । जारी सीपीएलमा सन्दीपको यो चौथो विकेट हो ।

तीन खेलमा दुई हार बेहोरेको सन्दीपका टिम पुछारबाट दोस्रो स्थानमा छ । तीन खेलमा दुई खेल जितेको वारियर्स शीर्ष स्थानमा छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया