कोरोना सङ्क्रमण बढ्दै गएपछि दक्षिण कोरियामा देशव्यापी प्रतिबन्ध सुरु

 भदौ ७, २०७७ आइतबार १४:५३:३४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – कोरोना सङ्क्रमित बढ्दै गएपछि दक्षिण कोरियाले देशव्यापी प्रतिबन्ध सुरु गरेको छ । केही दिनअघि राजधानी सियोलमा मात्रै प्रतिबन्ध लगाएको दक्षिण कोरियाले आइतबारदेखि देशव्यापी प्रतिबन्ध सुरु गरेको बीबीसीले जनाएको छ । 

कोरियामा आइतबारदेखि धार्मिक स्थल, रात्रि क्लब र डान्स बार, इन्टरनेट क्याफे र समुद्री तट बन्द भएका छन् । कोरियामा आइतबार मात्रै मार्चयता अहिलेसम्मकै धेरै तीन सय ९७ जना सङ्क्रमित भेटिएका छन् । 

कोरोना महामारी नियन्त्रणमा उत्कृष्ट काम गरेको भनेर प्रशंसा पाएको कोरियाले लकडाउन र प्रतिबन्ध खुलाएपछि फेरि सङ्क्रमित बढिरहेका छन् । 

दक्षिण कोरियामा अहिलेसम्म १७ हजार तीन सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई हजार आठ सय ९० जना मात्रै सक्रिय सङ्क्रमित रहेका छन् । 

अहिले विश्वभर दुई करोड ३३ लाख ९८ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने आठ लाख नौ हजार जनाको ज्यान गएको छ ।  

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया