भारत : कांग्रेसका २३ वरिष्ठ नेताले सोनिया गान्धीलाई पत्र लेखे, 'नयाँ नेतृत्व' काे माग

 भदौ ७, २०७७ आइतबार १५:४८:३४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतमा कांग्रेस कार्यसमिति बैठकअघि पार्टीमा ‘नयाँ नेतृत्व र परिवर्तन’ लाई लिएर पार्टीभित्र आवाज उठिरहेको छ । 

‘द इण्डियन एक्सप्रेस’ अखबारका अनुसार कांग्रेस पार्टीमा परिवर्तनलाई लिएर पार्टीका २३ वरिष्ठ नेताले पार्टी अध्यक्ष सोनिया गान्धीलाई पत्र लेखेर पार्टीभित्र शीर्षदेखि तल्लोस्तरसम्म ठूलो परिवर्तनको कुरा गरेका छन् । 

सन् २०१४ मा लोकसभा चुनाव हारेपछि कांग्रेस पार्टीको पतन लगातार भइरहेको छ र त्यसपछि पार्टी माथि उठ्न सकेको छैन । 

अखबारको प्रतिवेदनअनुसार सोनिया गान्धीलाई पत्र लेख्ने २३ वरिष्ठ नेतामध्ये पाँच पूर्व मुख्यमन्त्री, कांग्रेस कार्यसमितिका केही सदस्य, वर्तमान सांसद र पूर्व केन्द्रीय मन्त्री रहेका छन् । 

पार्टीका शीर्ष नेताले आफ्नो पत्रमा भारतीय जनता पार्टी (भाजपा) को उदयको कुरा स्वीकार गर्दै देशका युवाले निर्णायक रुपमा नरेन्द्र मोदीलाई आफ्नो मत दिएको बताएका छन् । 

‘मानिसमा पार्टीप्रतिको विश्वास घटेको छ र युवाको पनि पार्टीप्रति भरोसा कम हुँदै जानु गम्भीर चिन्ताको विषय हो’, पत्रमा भनिएको छ । 

अखबारका अनुसार यो पत्र सोनिया गान्धीलाई केही दिन लेखिएको थियो र जसमा पार्टीभित्र ठूलो स्तरमा सुधार गर्नेबारे वकालत गरिएको थियो । 

पार्टीका वरिष्ठ नेताहरुले कांग्रेसको लागि पूर्णकालिक र प्रभावशाली नेतृत्वको माग गर्दै त्यो नागरिकस्तरसम्म पुग्नुपर्ने र पार्टीलाई नयाँ रुप दिने सक्ने हुनुपर्ने बताएका छन् । 

प्रतिवेदनका अनुसार यस पत्रमा राज्य सभामा विपक्षका नेता गुलाम नबी आजाद, पार्टीका सांसद तथा पूर्व केन्द्रीय मन्त्री आनन्द शर्मा, कपिल सिब्बल, मनीष तिवारी, शशि थरुर र विकेक तनखाको हस्ताक्षर छ ।

कांग्रेसको कार्यकारी अध्यक्षको रुपमा सोनिया गान्धीको कार्यकाल एक वर्ष पूरा भएपछि पार्टीमा पूर्णकालिक अध्यक्षको माग बढिरहेको छ । 

पार्टीले नयाँ अध्यक्ष नपाएसम्म सोनिया गान्धीले नै नेतृत्व गर्ने कांग्रेसले यसअघि नै बताएको थियो ।  

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया