क्यानको वार्षिक साधारण सभा अनिश्चितकालका लागि स्थगित

 भदौ ९, २०७७ मंगलबार १२:४२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल क्रिकेट संघ क्यानको वार्षिक साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ । 

क्यानले विज्ञप्ति निकालेर भदौमा हुने तय भएको साधारण सभा स्थगित गरेको जनाएको छ । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै साधारण सभा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको क्यानले जनाएको छ । 

यसअघि भदौ १५ भित्र साधारण सभा गर्ने क्यानले जनाएको थियो । राष्ट्रिय खेलकुद परिषद् राखेपले खेलकुद गतिविधि अनिश्चितकालका लागि स्थगित गरिसकेको छ ।

 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया