सीपीएलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन

 भदौ ११, २०७७ बिहिबार ६:१७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । 

जमैका तलाबाजबाट खेलेका उनले १६ रन जोड्दै २ विकेट लिएका छन् । उनी आवद्ध जमैकाले अहिले बार्बाडोस ट्राइडेन्ससँग प्रतिष्पर्धा गरिरहेको छ । ट्रीनिडाड एन्ड टोबेगोमा चलिरहेको खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको जमैकाले १ सय ४९ रनको लक्ष्य पाएको छ । 

बार्बाडोसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन बनाएपछि जमैकाले १४९ रनको लक्ष पाएको हो । क्विन्स पार्क ओभलमा साविक विजेता बार्बाडोसविरुद्ध मैदान उत्रिँदा जमैका तेस्रो जितको खोजीमा हुनेछ । 

पहिलो खेलमा जित निकालेको जमैका त्यसपछिका दुई खेलमा लगातार पराजित भएको थियो । पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले पराजित गरेको थियो । बार्बाडोस भने दोस्रो जितको खोजीमा रहेका छन् । चार खेलमा २ अंक जोडेको बार्बाडोस तालिकाको पाँचौ स्थानमा रहेको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया