रानीपोखरी पुनर्निर्माणको काम ९० प्रतिशत सकियो

 भदौ १३, २०७७ शनिबार ७:४८:४८ | रासस
unn.prixa.net

काठमाण्डौ - रानीपोखरी पुनर्निर्माणको काम ९० प्रतिशत सकिएको छ ।

गएको वैशाखमै काम सक्नुपर्ने भए पनि अझै १० प्रतिशत काम बाँकी रहेको छ । चैत ११ गतेदेखि भएको लकडाउनका कारण काम अघि बढ्न सकेको थिएन । पुनर्निर्माणको काम अन्तर्गत अहिले बालगोपालेश्वर मन्दिरको गजुरको  काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । 

अहिले ३२ जना कामदारले काम गरिरहेका छन् । आउँदो असोजसम्म निर्माणकार्य सक्ने गरी काम भैरहेको प्राधिकरणका सम्पदा विज्ञ एवं रानीपोखरीको काम हेर्दै आएका राजुमान मानन्धरले बताउनुभयो । लकडाउनअघि ६० जना कामदारले दैनिक रुपमा काम गरिरहेका थिए । गएको साउन दोस्रो हप्ता नै पोखरी निर्माणको काम सकिएको थियो । तर पानी राख्न भने समय लाग्ने भएको छ । 

अहिले पोखरीमा आकासको पानी मात्र राखिएको छ । दरबार हाइस्कुल र त्रिचन्द्र कलेजबाट आकाशको पानी सङ्कलन गरी पोखरीमा राखिएको छ । पोखरी भर्न आवश्यक पर्ने पानी कहाँबाट राख्ने भन्नेबारे छलफल भइरहेको प्राधिकरणका सम्पदा विज्ञ मानन्धरले बताउनुभयो ।

बोरिङ्मार्फत पानी ल्याउने तयारी भए पनि स्थानीय बासिन्दा र सम्पदा विज्ञहरुको असहमति छ । २०७२ वैशाख १२ को भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम सक्न ढिला भैरहेको छ ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया