चेन्नई सुपर किंग्सका १० सहित आईपीएलका १३ जनामा कोरोना पुष्टि

 भदौ १३, २०७७ शनिबार १९:२२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इण्डियन प्रिमियर लिग आईपीएलको लागि दुबई पुगेको चेन्नई सुपर किंग्स क्लबका १० जनासहित १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

चेन्नईका दुई जना खेलाडीसहित आईपीएल टिमका १३ जनामा कोरोना पुष्टि भएको र उनीहरु आइसोलेशनमा रहेको आईपीएलले जनाएको छ । कुन कुन खेलाडीमा कोरोना देखिएको भनेर चेन्नईले खुलाएको छैन ।

आईपीएल खेल्न दुबई पुगेका खेलाडी, अफिसियल र सम्पूर्ण कर्मचारी गरेर एक हजार नौ सय ८८ जनाको पीसीआर परीक्षण भइसकेको छ । यसैबीच चेन्नईका प्रमुख बलर सुरेश रैना भारत फर्किएका छन् ।

पारिवारिक कारणले रैना भारत फर्किएको आईपीएलले जनाएको छ । गएको मार्चमा हुने आईपीएल भारतमा कोरोनाको सङ्क्रमण धेरै रहेका कारण सेप्टेम्बर १९ तारिख अर्थात असोज तीन गतेदेखि दुबईमा हुँदैछ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया