आर्सनलले जित्यो कम्युनिटी शिल्ड फुटबलको उपाधि

 भदौ १४, २०७७ आइतबार ६:५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ   - आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ । 

बेम्बली स्टेडियममा भएको फाइनलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउँदै आर्सनलले उपाधि जितेको हो ।

खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउट गएको थियो । पेनाल्टीमा आर्सनलका रेइस नेल्सन, एन्सले मेटल्यान्ड नाइल्स, सेड्रिक सोएरस, डेभिड लुइज र पेरिक एम्रिक आबुमियाङले गोल गरेका थिए । 

प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको फाइनलमा खेल्ने गर्छन् ।


 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया