सीपीएलमा सन्दीप सहभागी जमैका तालवाज ३७ रनले विजय

 भदौ १४, २०७७ आइतबार ६:५६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सन्दीप लामिछानेको टिम जमैका तालवाजले जित निकालेको छ । 

बिहान सकिएको खेलमा जमैका तालवाजले सेन्ट किट्स एण्ड नाभिस पेट्रियोट्सलाई ३७ रनले पराजित गरेको हो । 

जमैकाले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

 १४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स निर्धारित ओभरको २ बल बाँकी छर्दै ११० रनमा समेटिन पुग्यो । जितसँगै जमैका तालिकाको तेस्रो स्थानमा पनि उक्लिएको छ ।

जमैकाका कार्लोस ब्रेथह्वाईटले तीन विकेट लिए । यस्तै नेपाली लेग स्पिनर सन्दीप, फिडेल एडवार्ड र भिरा स्वमी परमुलले २-२ विकेट लिएका छन् । सन्दीपले इभेन लुईस र इस सोढीको विकेट लिएका हुन् ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया