काेराेना खाेप बनाउन पहिलाे हुने दाैडमा 'फाेहाेरी खेल' भइरहेकाे छ : विज्ञ

 भदौ १४, २०७७ आइतबार १९:५३:५१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विज्ञहरुले कोरोना भाइरसको खोप विकास गर्न पहिलो हुने दौडमा 'चोर बाटो' र 'फोहाेरी खेल' भइरहेको आरोप लगाएका छन् । 

कोभिड–१९ खोप आधुनिक समयको सबैभन्दा मूल्यवान् र उत्सुकताका साथ खोजी गरिएको पुरस्कारमध्ये एक भएकोले यसको श्रेय लिन शक्ति राष्ट्रहरु लागिपरेका विज्ञले बताएका छन् । यो क्रममा शक्ति राष्ट्रहरु चोर बाटो प्रयोग गर्ने, राजनीतिक विषय बनाउने, सूचना चोरी तथा ह्याक गरेको जस्ता आरोप प्रत्यारोप गर्ने जस्ता काम भइरहेको अमेरिकामा रहेको ग्लोबल हेल्थ लका प्राध्यापक लरेन्स जस्टिनले बताउनुभयो । 

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार अहिले खोप विकास गर्ने दौडमा ६ वटाभन्दा धेरै कम्पनी तेस्रो तहको परीक्षणको अन्त्यतिर छन् । त्यसमा चीनका तीन, बेलायतको एक, अमेरिकाको एक र जर्मनी–अमेरिकाको संयुक्त प्रयासमा एक रहेका छन् । 

रुसले आफुले विकास गर्न लागेको खोपको सर्वाधिकार दर्ता नै गरिसकेको छ । चीनले पनि खाेपकाे सर्वाधिकार प्रदान गरेकाे छ । अध्ययनको तथ्याङ्क प्रकाशन नगरिकनै र व्यापक परीक्षण विना रुसले खोप दर्ता गरेको भन्दै पश्चिमा देशमा आलोचना भइरहेको छ । 

विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले अगस्ट १८ तारिखमा धनी राष्ट्रले गरिब राष्ट्रलाई खोप बाँड्ने कार्यक्रममा हातेमालो गर्न आग्रह गर्दै खोप राष्ट्रवाद रोक्नुपर्ने बताउनुभएको थियो । 

तर अहिले शक्ति राष्ट्रहरुले यसलाई राष्ट्रवादको विषय बनाएकोले यसरी बनाइएका खोपको सुरक्षित अवस्थाबारे शङ्का रहने विज्ञहरुले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया