सीताराम हाछेथु ललितपुर नगर प्रहरी प्रमुखमा नियुक्त

 भदौ १४, २०७७ आइतबार २०:२७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ट्राफिक प्रहरी पूर्वनिरीक्षक सीताराम हाछेथु ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुखमा नियुक्त हुनुभएको छ । 

हाछेथुलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित महानगरले आइतबार नियुक्त गरेको हो । 

महानगरभित्रको ट्राफिक व्यवस्थापन गर्दै महानगरले तयार पारेको महानगरस्तरीय ट्राफिक व्यवस्थापन सम्बन्धित योजना कार्यान्वयन गर्न विज्ञका रुपमा उहाँले भूमिका खेल्ने ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

1 Comments

  • Badri Dhakal

    Aug. 31, 2020, 6:21 a.m.

    ललितपुर महानगरले उचित निर्णय गरेको छ । अब काम गरेर देखाउने पालाे हाछेथुकाे ।

  •  0 Reply

तपाईको प्रतिक्रिया