सीपीएल: सन्दीप लामिछाने सहभागी जमैकाले ट्रिनबागोसँग खेल्दै

 भदौ १६, २०७७ मंगलबार ११:२६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा नेपाली बलर सन्दीप लामिछाने आबद्ध क्लब जमैका तालवाजले मंगलबार ट्रिनबागो नाइट राइडर्ससँग खेल्दैछ  ।

खेल नेपाली समयअनुसार बेलुकी पौने आठ बजे सुरु हुनेछ । ६ खेलमध्ये तीन खेलमा जित र तीन खेलमा हारसहित जमैका चौथो स्थानमा रहेको छ । ट्रिनबागो भने सबै खेलमा जित हात पार्दै १२ अङ्कका साथ पहिलो स्थानमा छ।

जारी प्रतियोगितामा सन्दीप लामिछानेले नौ विकेट लिइसकेका छन् । उनले ६ वटै खेल खेल्न पाएका छन् । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया