सीपीएल : सन्दीपको टिम जमैका ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित

 भदौ १७, २०७७ बुधबार ६:४०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सन्दीप लामिछानेको टिम जमैका तलावाजले चौथो हार व्यहोरेको छ । हिजाे भएको खेलमा जमैका शिर्ष स्थानको ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित भयो ।

ब्रायन लारा क्रिकेट एकेडेमी मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको ट्रिनबागो नाइट राइडर्सले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८४ रन बनाएको थियो । उसका लागि कोलिन मुर्नोले ६५ रन बनाए भने कायरन पोलार्डले ३३ तथा सुनिल नरायनले २९ रन बनाए ।

यस्तै लेण्डी सिमोन्सले २५ रन जोड्दा टिम सेइफेर्टले १८ रनको योगदान गरे । ३२ रनमा पहिलो विकेट गुमाएको नाइट राइडर्सले ७८ रनमा दोस्रो विकेट खेर फालेको थियो । तर अन्तिममा पोलार्डले विस्फोटक ब्याटिङ गर्दा ठूलो लक्ष्य दिएको थियो ।

बलिङमा सन्दीप लामिछानेले चार ओभरमा २० रन दिएर एक विकेट लिएका थिए । यस्तै कार्लोस ब्रेथवेटले दुई विकेट हात पारे । जवाफमा जमैकाले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६५ रन बनाउन सक्यो ।

बलिङ राम्रो भएपछि ब्याटिङमा आज पनि जमैकाले राम्रो गर्न सकेन खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको जमैकाले १४ रनमा दोस्रो विकेट खेर फालेको थियो । यस्तै ७८ रनमा तेस्रो विकेट गुमाएको जमैकाले ८४ रनमा चौथो, ९० रनमा पाँचौ र ९७ रनमा छैटौं विकेट गुमाउन पुग्यो ।

उसका लागि ग्लेन फिलिप्सले ४१ रन बनाएका बोनरले २६ तथा जेरमेइन ब्ल्याकउडले १२ रनको योगदान गरे । उसका चान्डविक वाल्टोनले खाता खोल्न सकेनन् भने रोभमन पावेलले दुई रन बनाए भने आसिफ अली सात रनमा नै बाहिरीए । अन्तिममा कार्लोस ब्रेथवेट र आन्द्रे रसेलले अर्धशतकीय साझेदारी गरे पनि टिमलाई हारबाट बचाउन सकेनन् । रसेलले २३ बलमा ५० रन बनाए भने ब्रेथवेटले २१ रनको योगदान गरे ।

जारी प्रतियोगितामा नाइट राइडर्सले सात खेलमा सातमा जित निकाल्दै १४ अंक बनाएको छ । जमैकाको भने सात खेलमा चौथो हार हो । उसको ६ अंक छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया