सन्दीप लामिछाने आबद्ध जमैका तलावाज सेमिफाइनलमा

 भदौ १९, २०७७ शुक्रबार ९:८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - क्यारेबियन प्रिमियर लिग सीपीएल ट्वान्टी ट्वान्टी क्रिकेटमा सन्दीप लामिछाने आबद्ध टिम जमैका तलावाज सेमिफाइनलमा पुगेको छ । 

शुक्रबार बिहान सकिएको खेलमा गुयाना अमेजन वारियर्स ६ विकेटले विजयी भएसँगै जमैका लिग चरणमा दुई खेल खेल्न बाँकी रहँदै जमैका सेमिफाइलनमा पुग्ने निश्चित भएको हो । 

बिहान भएको खेलमा अमेजनले बारबाडोस ट्रीडेन्टस्लाई हरायो । आठ खेलबाट सात अंक भएको जमैका तालिकाको चौँथौ‌ स्थानमा छ ।

पाँचौ‌ स्थानमा रहेको बारबाडोसको नौ खेलबाट चार अंक रहेको छ । ६ टोली सहभागी प्रतियोगिताको शीर्ष चार टोली सेमिफाइनल पुग्छन् । 

शीर्ष स्थानको ट्रिनबागो नाइट राइडर्सको आठ खेलबाट १६ अंक छ भने दोस्रो स्थानको अमेजनको १० खेलबाट १२  अंक छ । 

यसअघि वर्षाका कारण खेल नतिजाविहीन भएपछि जमैकाले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्ससँग अंक बाँडेको थियो ।


 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया