श्राद्ध मात्र किन, अब अनलाइन बिहा गर्ने र अनलाइन सन्तान जन्माउने !

 भदौ २०, २०७७ शनिबार ९:२७:२७ | मिलन तिमिल्सिना
unn.prixa.net

कोरोनाको बेला भए पनि काठमाण्डौ र ललितपुर जात्रामा व्यस्त छन् । काठमाण्डौमा चल्छ नेताको जात्रा, ललितपुरमा नागरिकको ।

यो पालि काठमाण्डौको बालुवाटार र ललितपुरको पाटनमा एकैदिन गाईजात्रा भयो । बालुवाटारमा चलेको जात्राले चुनाव हारेका मान्छेलाई फूलमाला पहिराइदियो, पाटनमा थन्किएको जात्राको रथ हल्लिदा प्रहरीको टाउको फुट्यो । कोरोनाले अरुलाई रोके पनि मानमर्यादा र नीति नियम मान्दिनँ भन्नेलाई चाहिँ छेक्दो रहेनछ ।

नागरिले भनेको नमान्ने नेता र सरकार, अनि सरकारले भनेको नमान्ने नागरिक हात्ती र हात्तीछाप चप्पलजस्तै हुन् । सांसद हुन मरिहत्ते गरेका नेतालाई चुनावको बेला नागरिकले छेकेकै हुन्, भिडमा जान मरिहत्ते गर्ने नागरिकलाई सरकारले रोकेकै हो । दुवैले टेरेनन् । म जस्ता निरिह नागरिक घरमा बसि रमिता हेरेर, सुनेर र पढेर कृत कृत्य भए । 

तर नटेर्न र नमान्न सबैले मिल्दैन । टेर्नुपर्छ, मान्नुपर्छ । कहिले कोरोनाको डरले मान्नुपर्छ, कहिले कोरोनाको नाममा कर गर्नेहरुले भनेको मान्नुपर्छ । तै पनि कोरोनाको कारण सबै खत्तम भयो, सकियो भनेर निराशा चाहिँ मान्नु पर्दैन । कोरोनाले धेरै असम्भव कुरा पनि सम्भव हुन थालेको छ ।

अनलाईनमा पिट्दा कति सरमिसले आफ्नै कम्प्युटर फुटाइसके । अनलाइन क्लासले विद्यार्थीलाई मात्र होइन शिक्षकलाई पनि गज्जब भएको छ । पढाउन मन नलागेको दिन बत्ति र इन्टरनेट छैन भनि दियो, पुग्यो । 

खोतल्दै, हेर्दै, भोग्दै जाँदा कोरोनाकै कारण अब हरेक काम अनलाइनबाट गर्न मिल्ने भएको छ । अनलाइनबाट काम गर्नु परेपछि फाइदैफाइदा हुने भएको छ । शिक्षक, विद्यार्थी र केही कर्मचारीले त यस्तो फाइदा लिन थालेको धेरै भैसक्यो ।

कोरोनाले गर्दा विद्यार्थीलाई ६ महिनादेखि स्कुल, क्याम्पस जान परेको छैन । तर स्कुल क्याम्पस नजाँदैमा पढाइ रोकिएको पनि छैन । पढ्ने पढेकै छन्, पास हुने पास भएकै छन् । ल्यापटप र मोबाइलमा पढाइ हुन्छ । मन लागे पढे पनि भयो, मन नलागे नपढे पनि भयो । सरमिसले गाली गर्दा स्पीकर म्युट गरे भैगयो ।

अनलाईनमा पिट्दा कति सरमिसले आफ्नै कम्प्युटर फुटाइसके । अब मास्टरले पिट्लान् भन्ने डर त थोपो बराबर छैन । अनलाइन क्लासले विद्यार्थीलाई मात्र होइन शिक्षकलाई पनि गज्जब भएको छ । पढाउन मन नलागेको दिन बत्ति र इन्टरनेट छैन भनि दियो, पुग्यो । 

शिक्षक र विद्यार्थीलाई भन्दा बढी फाइदा छ कर्मचारीलाई । अफिसले घरमै बसेर काम गर्नु भनेको छ । घरमा बसेर घरको काम गर्न त अल्छी लाग्छ, अफिसको काम झन् कुन जाँगरले गर्नु ! तै पनि तलब त थाप्नुपर्यो । तलब थाप्नकै लागि यसो काम गरेजस्तो गर्यो, अरुबेला बत्ती र इन्टरनेट छैन भनेर भन्न पाइरहेकै छ । जागिर जानेको गैसक्यो, जागिर नजानेलाई अनलाइनबाटै काम हुँदैछ भनेर छलछाम गर्ने गज्जबको मौका कोरोनाले दिएको छ ।

हुँदाहुँदा अब श्राद्ध पनि अनलाइनबाटै सुरु हुन थाल्यो । ल खातामा यति रुपैयाँ राख भन्ने, त्यसपछि इन्टरनेटबाट मन्त्र भट्याउने । पुरोहित सँगै भएको बेला त कर्ताले कुनबेला कुश समाउने, कुन बेला जनै देब्रे र दाहिने काँधमा राख्ने, कुनबेला पानी समाउने, कुनबेला तर्पण दिने, कुनबेला पिण्ड चढाउने, फूलपाती र दुबो कहाँ राख्ने, गहुँत कहाँ छर्ने भन्ने भेउ पाउँदैन भने फोन र नेटबाट भनेको कसरी मेसो पाउँछ ?

सोह्र श्राद्ध अनलाइनबाट गर्न मिल्छ भने रथ तान्न चाहिँ किन हूल नै बाँधेर जान परेको ? अनलाइनबाट मन्त्र पढेजस्तो अनलाइनबाट रथ तान्न पनि मिल्न पर्ने होइन र ? 

कर्ता सँगै भएको बेला त पुरोहितले अर्को घरमा हतार छ भन्दै चार, पाँच पाना एकैपल्ट पल्टाएर उतिखेरै मन्त्र पढेर सक्छन् भने अनलाइनबाट उनले सबै विधि पुर्याउँछन् भनेर कसरी बुझ्ने ? मन्त्र कसरी बुझ्ने, कुन मन्त्रमा के गर्ने भनेर कसरी भेउ पाउने ? तर श्राद्ध गरेजस्तो त गर्नै पर्यो । अनलाइन श्राद्ध भनेर विधि विधान स्वाहा भएको छ ।

सोह्र श्राद्ध अनलाइनबाट गर्न मिल्छ भने रथ तान्न चाहिँ किन हूल नै बाँधेर जान परेको ? अनलाइनबाट मन्त्र पढेजस्तो अनलाइनबाट रथ तान्न पनि मिल्न पर्ने होइन र ? 

अरु धेरै कुरा अनलाइनबाट गर्न सकिन्छ । दशैँ आउँदैछ । दशैँमा पनि अनलाइनबाटै टीका थाप्ने । मेसेन्जर, जूम र अरु एपबाट अनुहार हेर्ने । त्यहीँ टीका र जमरा लगाउने । आशीर्वाद सुनाउने । टीका, जमरा र आशीर्वाद लिइसकेपछि हातमा दक्षिणा देखाउने र ढोग्ने । नभए नोटैनोटको फोटो पठाइदिने । खातामा हालिदिन त कमाइ पनि हुन पर्यो नि !

दशैँमा मिठो खाने र राम्रो लाउने चलन पनि छ । एक त बजार पसल खुलेका छैनन् । लुगाफाटो, मरमसला, खसीबोका किन्न जान सक्ने कुरो भएन । बजार पसल खुल्यो र जान सकियो भने पनि के ले किन्ने ? त्यसै दिंदैनन् । कोरोनाले कमाइ ठप्प भएपछि कमाइ छैन । त्यसैले अब दशै मनाउन पनि अनलाइन खोल्ने । राम्रा कपडा, खसीबोका र मीठामीठा परिकार हेर्ने । चित्त बुझाउने ।

कोरोना र कोरोनाको नाममा डर भैरहे पनि अहिलेसम्म बिहान बेलुकाको छाक टार्न धेरैलाई समस्या छैन । गोजी टकटक्याएर पनि जेनतेन पुगेकै छ । यस्तै भयो भने अलि दिनपछि गाह्रो हुन्छ । त्यसो भए के गर्ने त ? त्यसको पनि गज्जबको उपाय छ ।

यस्तै भयो भने यस्तो दिन पनि आउन सक्छ इन्टरनेटमै हेरेर विवाह गर्ने । इन्टरनेटमै सुहागरात मनाउने । इन्टरनेटबाटै बच्चा जन्माउने । मरिसकेका पितृलाई अनलाइनबाट सम्झन मिल्छ भने अनलाइनबाटै बच्चा जन्माउन नमिल्ने भन्ने के छ र ? 

यस्तै भयो भने यस्तो दिन पनि आउन सक्छ इन्टरनेटमै हेरेर विवाह गर्ने । इन्टरनेटमै सुहागरात मनाउने । इन्टरनेटबाटै बच्चा जन्माउने । मरिसकेका पितृलाई अनलाइनबाट सम्झन मिल्छ भने अनलाइनबाटै बच्चा जन्माउन नमिल्ने भन्ने के छ र ? 

छाक टार्नै समस्या भयो भने पनि मान्छेले मोबाइल र नेट चलाउन त छाड्दैन । हातमा मोबाइल हुन्छ । मोबाइल खोल्ने । के खान मन लाग्छ, अनलाइनमा सर्च गर्ने । मीठा मीठा परिकार हेर्ने, थुक निल्ने चित्त बुझाउने ।

कोरोना भयो भने अहिलेसम्म त घरमै पनि उपचार पाइएको छ । अलि दिनपछि त्यो पनि नहोला । अरु रोगले बिरामी हुन त केही महिनादेखि नै बन्देज लागिसकेको छ । कोरोना र अरु रोगले थलियो भने पनि त्यही गर्ने । मोबाइलमा मन पर्ने अस्पताल र डाक्टर सर्च गर्ने । अझ अमेरिका, सिंगापुरका महंगा महंगा अस्पताल सर्च गर्ने । हेरेर चित्त बुझाउने ।

यस्तै भयो भने यस्तो दिन पनि आउन सक्छ इन्टरनेटमै हेरेर विवाह गर्ने । इन्टरनेटमै सुहागरात मनाउने । इन्टरनेटबाटै बच्चा जन्माउने । मरिसकेका पितृलाई अनलाइनबाट सम्झन मिल्छ भने अनलाइनबाटै बच्चा जन्माउन नमिल्ने भन्ने के छ र ? 

अन्तिम अपडेट: असोज ४, २०७७

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया