च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
काठमाण्डाै – नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्कालाई नयाँ बानेश्वरमा रहेकाे फिनिक्स कलेज अफ म्यानेजमेन्टले एमबीए कार्यक्रममा एम्बेसडर नियुक्त गरेको छ ।
पारस खड्का यही कलेजअन्तर्गत सञ्चालित एमबीए कार्यक्रममा यसै सेप्टेम्बर सत्रदेखि अध्ययन पनि गरिरहेका छन् । फोनिक्स कलेज अफ म्यानेजमेन्टका प्राचार्य डाक्टर विनोदबहादुर खत्री भन्छन्, 'पारस खड्काको कलेजसँगको सामिप्यता तथा उच्च शिक्षा अध्ययनप्रतिको लगावले के प्रष्ट्याउँछ भने फिनिक्स कलेज अफ म्यानेजमेन्ट राष्ट्रिय नायक तथा मेधावी विद्यार्थीको पहिलो रोजाइमा परेको कलेज हो ।'
कलेजका निर्देशक लक्ष्मण पोख्रेलले पारस खड्का कलेजको एमबीए कार्यक्रममा ब्राण्ड एम्बेसडर भएको घोषणा गरी दुई वर्षको लागि अनुबन्ध गरिएको शनिबारकाे एक कार्यक्रममा जानकारी दिए ।
एम्बेसडर घाेषणापछि पूर्वकप्तान खड्काले भने, 'खेलाडीहरूका लागि औपचारिक र उच्च शिक्षा धेरै आवश्यक छ, विशेष गरी खेलको क्यारियरपछि उनीहरूको भविष्यका लागि, एक शिक्षित खेलाडी आफैलाई, विश्व र खेललाई अझ राम्ररी बुझ्न सक्षम हुन्छ ।'
फिनिक्स कलेज अफ म्यानेजमेन्ट लिङ्कन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी एमबीए तथा बीबीए कार्यक्रम सञ्चालन गर्ने नेपालकाे पहिलाे कलेज हाे ।