अनुशासन तोडेपछि जोकोभिच यूएस ओपन टेनिस खेल्न अयोग्य

 भदौ २२, २०७७ सोमबार ८:१०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - खेल अनुशासन तोडेपछि विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिच यूएस ओपन टेनिस खेल्न अयोग्य भएका छन् । 

चौथो चरणको खेलमा स्पेनिस पाब्लो कारेनो बुस्तासँग ६-५ ले पछि परेर निराश भएको बेला जोकोभिचले खल्तीमा रहेको बल पछाडि फ्याँक्ने क्रममा लाइन अम्पायर महिलाको घाँटीमा लागेको थियो । 

उनले जानाजानी नहिर्काएको भए पनि खेल अनुशासन बाहिरको क्रियाकलाप भएकाले यूएस ओपनको लागि अयोग्य घोषणा गरिएको अमेरिकी टेनिस एसोसिएशनले जनाएको छ । 

लाइन अम्पायनरको घाँटीमा लागेपछि जोकोभिचले उनीसँग माफी मागेका थिए । घटनापछि जोकोभिचकाे वरीयताका लागि प्राप्त गरेको अंक खारेज भएको छ ।


 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया