सशस्त्रका डीएसपी सहित पाँच जनाले रगत दिएर सुत्केरीको ज्यान जोगाए

 भदौ २४, २०७७ बुधबार १२:३:४८ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पामा सशस्त्र प्रहरीका डीएसपी सहित पाँच जनाले रगत दिएर एक गर्भवतीको ज्यान जाेगाएका छन् ।

धेरै रगत बगेर गम्भीर अवस्थामा पुग्नुभएकी निस्दी गाउँपालिका १ की २६ वर्षीया टिकामाया सोतीलाई रगत दिएर ज्यान जाेगाएकाे हाे । डीएसपी अरुणकुमार सिंह सशस्त्रका अरु चार जनालाई लिएर गएराति ११ बजे अस्पताल पुगेर रगत दिनुभएको हो ।

रगत दानका लागि सामाजिक सञ्जाल मार्फत आव्हान गरेका थिए । आफन्त र छरछिमेकसँग हारगुहार गरेर पाँच पिन्ट रगत चढाए पनि थप पाँच पिन्ट ए पोजेटिभ रगत नपाएका बेला सशस्त्र प्रहरी आएर रगत दिएका बिरामीका श्रीमान् दुर्गाबहादुर सोतीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया