अष्ट्रेलिया र इङ्ल्याण्डको पहिलो एक दिवसीय क्रिकेट आज हुँदै

 भदौ २६, २०७७ शुक्रबार ९:१९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अष्ट्रेलिया र इङ्ल्याण्डबीचको पहिलो एक दिवसीय क्रिकेट आज हुँदैछ ।

खेल बेलुकी पौने ६ बजे इङ्ल्याण्डको ओल्ड ट्राफोड मैदानमा सुरु हुनेछ । आजको खेलमा इङ्ल्याण्डका इयान मोर्गन र ज्यासन रोयले पनि खेल्नेछन् । 

औंलामा चोट लागेका कारण मोर्गनले अष्ट्रेलियासँगको अन्तिम टी ट्वेन्टी गुमाएका थिए भने रोयले पछिल्ला ६ वटा खेल खेल्न पाएका थिएनन् । 

अष्ट्रेलियासँग खेल्दा जहिले पनि सतर्क हुनुपर्ने तर अहिलेको अवस्थामा इङ्ल्याण्ड नै बलियो रहेको मोर्गनले बताएका छन् ।

इङ्ल्याण्डले सन् २०१७ देखि अष्ट्रेलियासँगको एक दिवसीय श्रृङ्खला गुमाएको छैन । गएको मंगलबार सकिएको टी ट्वेन्टी श्रृङ्खला इङ्ल्याण्डले २-१ ले जितेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया