सेरेनालाई हराउँदै भिक्टोरिया अजारेन्का यूएस ओपनको फाइनलमा

 भदौ २६, २०७७ शुक्रबार ११:२८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बेलारुसकी भिक्टोरिया अजारेन्का यूएस ओपन टेनिसको फाइनलमा पुगेकी छिन । आज बिहान अमेरिकाकी सेरेना विलियम्सलाई हराउँदै अजरेन्का उपाधि नजिक पुगेकी हुन् । 

पहिलो सेट ६-१ ले गुमाएकी अजारेन्काले दोस्रो र तेस्रो सेट ६-३ र ६-३ काे सेटमा जित्दै उपाधि नजिक पुगेकी हुन । 

अजारेन्काले ६ पटककी यूएस ओपन विजेता विलियम्सलाई हराउनु आफ्नो लागि निकै ठूलो उपलब्धि भएको बताएकी छिन । 

उपाधिको लागि अजारेन्काले जापानकी नाओमी ओसाकासँग खेल्ने छिन । नाओमी आजै बिहान अमेरिकी जेनिफर ब्राडीलाई हराएर फाइनलमा पुगेकी हुन् ।


 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया