हाेल्डिङ सेन्टरबाट दिइने सवारी पास किर्ते गरी २ हजारमा बेच्ने पक्राउ

 भदौ २६, २०७७ शुक्रबार २०:३२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विदेशमा अलपत्र परेका नागरिकको उद्धार गरी होल्डिङ सेन्टरमा लैजानका लागि जारी गरिने सवारी पास किर्ते गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराेकाे टोलीले पास किर्ते गरेको फेला पारेपछि शुक्रबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा पानस ब्याङ्क्वेट होल्डिङ सेन्टरमा नेपाल टेलिकमको सिम वितरण गर्ने डिलरका प्रतिनिधि गोरखा आरुघाट घर भइ कपुरधारा बस्ने विश्वप्रकास पनेरु रहेका छन् । 

उनलाई शङ्कास्पद कागजातसहित पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा बुझाइएको ब्युराेले जानकारी दिएकाे छ । उनको साथबाट कोभिड–१९ सङ्कलन व्यवस्थापन केन्द्रबाट सही गरेको र नगरेको सवारी पाससमेत बरामद गरिएको जनाइएको छ । उनले यसरी किर्ते गरेर एउटा पासकाे दुई हजार लिने गरेको खुल्न आएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया