पहिलो एक दिवसीय क्रिकेटमा अष्ट्रेलिया १९ रनले विजयी

 भदौ २७, २०७७ शनिबार ७:१८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ल्याण्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा अष्ट्रेलिया १९ रनले विजयी भएको छ । 

२ सय ९५ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले ९ विकेट गुमाएर २ सय ७५ रन मात्र बनाउन सक्यो । साम विलिङ्सले शतकीय इनिङस् खेले पनि टिमलाई जिताउन सकेनन् । उनले  १ सय १८ रन बनाए । 

यस्तै, जानी बेयरस्टोले ८४ र कप्तान इयान मोर्गानले २३ रन बनाए । अरु खेलाडीले भने उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । यसअघि, अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९४ रन बनाएको थियो ।

खराब सुरुवात गरेको अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ७७ रनको योगदान दिँदै खेललाई उकासेका थिए । यस्तै मिचेल मार्शले ७३ रनको अर्धशतकीय इनिङस् खेले ।

छैठौं विकेटको लागि म्याक्सवेल र मार्शले १ सय २६ रनको साझेदारी गर्दै अष्ट्रेलियाको इनिङ्स उकासेका थिए । त्यस्तै मार्कुस स्टोनिसले ४३ रन जोड्दा मार्नुस लेबासचेन्नीले २१ रन बनाए । 

कप्तान आरोन फिन्च १६ रनमा आउट हुँदा ओपनर डेभिड वार्नर ६ रनमा पेभेलियन फर्किए । इङ्ल्याण्का मार्क उड र आर्चर जोफ्राले ३-३ विकेट लिए भने आदील राशिदले २ तथा क्रिस वोक्स्ले एक विकेट लिए ।

तीन खेलको श्रृङ्खला अन्तर्गतको दोस्रो एकदिवसीय आइतबार हुनेछ । यस्तै अन्तिम खेल बुधबार हुनेछ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया