इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलको सानदार सुरुवात

 भदौ २७, २०७७ शनिबार १९:३९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार सुरुवात गरेको छ । आज भएको नयाँ सिजनको पहिलो खेलमा आर्सनलले फुलहमलाई ३ –० गोल अन्तरले हरायो ।

आर्सनलका एलेक्जान्ड्रा लाकाजेट, ग्राबियल र पिएर एम्रिक आबुमियाङले एक एक गोल गरे । प्रिमियर लिग फुटबलमा आजै पौने ८ बजे क्रिस्टल प्यालेसले साउथह्याम्टनसँग खेल्छ । यस्तै, साविक विजेता लिभरपुलले नवप्रवेशी क्लब लिड्स युनाइेडसँग बेलुका सवा १० बजे खेल्नेछ । न्युक्यासल र वेस्ट ह्यामको खेल भने राति पौने १ बजे हुनेछ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया