इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलकाे सानदार सुरुवात

 भदौ २८, २०७७ आइतबार ६:५७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले नयाँ प्रवेश गरेको टिम लिड्स युनाइटेडलाई ४- ३ गोलले हराएकाे छ । लिभरपुलको जितका लागि मोहम्मद सलाहले ह्याट्रिक गरेका हुन  ।

यस्तै भिर्गिल भान डाइकले एक गोल गरे । लिड्सका ज्याक ह्यारिसन,प्याट्रिक बामफोर्ड र माटेउ क्लीचले एक/एक गोल फर्काए । लिभरपुलका मोहमद सलाहको प्रहार डिफेन्डर रोबिन कक्को हातमा लागेपछि रेफ्रीले पेनाल्टी दिए । सलाहले सहजै पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अघि बढाए ।

तर लिड्सले १२ औं मिनेटमा नै खेल बराबरीमा ल्यायो । काल्भिन फिलिप्सको पासलाई ज्याक ह्यारिसनले गोल गर्दै बराबरीमा पुर्याए । लिभरपुलले २० औं मिनेटमा नै अग्रता बनायो । एन्ड्रयु रोबर्टसनको कर्नरमा भर्जिल भान डाइकको हेडर किप्पर इयान मेइलरले बचाउन सकेनन् । तर ३० औं मिनेटमा भान डाइककै गल्तीमा लिड्सकस बामफर्डले गोल गर्दै खेल बराबरीमा पुर्याए ।

त्यसको तीन मिनेटमै लिभरपुलले फेरि खेलमा अग्रता लियो । मोहमद सलाहले फेरि गोल गरे । खेलको ८७ औं मिनेटमा लिभरपुलले चौथो पटक अग्रता लिने अवसर पायो । लिड्सका रोड्रीगो मोरेनोले फाबिन्होलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिए । सलाहले ह्याट्रिक पूरा गर्ने क्रममा पेनाल्टीमा गोल गर्दै जित पक्का गरे ।

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया