नाओमी ओसाका बनिन् यूएस ओपन च्याम्पियन

 भदौ २८, २०७७ आइतबार ९:१८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नाओमी ओसाकाले दुई वर्षपछि फेरि यूएस ओपन च्याम्पियन बनेकी छन् । 

आज बिहान अमेरिकाको न्यूयोर्कमा भएको खेलमा जापानी खेलाडी ओसाकाले पहिलो सेट गुमाए पनि लगातार दुई सेटमा जित निकाल्दै च्याम्पियन बनेकी हुन् । 

फाइनलमा भिक्टोरिया अजारेन्कालाई पराजित गरेर ओसाकाले युएस ओपनको महिला एकल तर्फको उपाधि जितेकी हुन् ।

 सन् २०१८ मा पनि उपाधि जितेकी चौथो वरीयताकी २२ वर्षीय ओसाकाले बेलारुसकी अजारेन्कालाई १-६, ६-३ र ६-३ को सेटमा पराजित गरेकी हुन् । 

सन् २०१३ पछि पहिलोपटक प्रमुख प्रतियोगिताको फाइनलमा पुगेकी अजारेन्काले पहिलो सेटमा जित निकालेपछि त्यसपछि पछि परिन् । ओशाकाले सन् २०१९ मा अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी थिइन् ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया