इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनको विजयी सुरुवात, टोटनह्याम १–० ले पराजित

 भदौ २९, २०७७ सोमबार ६:३३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले विजयी सुरुवात गरेको छ । गएराति भएको सिजनको आफ्नो पहिलो खेलमा टोटनह्यामलाई १–० गोलले पराजित गर्दै एभर्टनले सुखद सुरुवात गरेको हो ।

टोटनह्यामको मैदानमा एभर्टनलाई जित दिलाउन डोमिनिक लेविनले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा डोमिनिकले हेडमार्फत् गोल गरेका थिए । डेब्यु खेलाडी कोलम्बियन स्टार जेम्स रोड्रिग्वेज सहित मैदान उत्रिएको एभर्टनले टोटनह्यामविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो ।

एभर्टनले अन्य गोलको सुनौलो मौका समेत गुमाएको थियो । जितसँगै कार्लो एन्सेलोटीको टिम एभर्टनले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । एभर्टन तालिकाको पाँचौ स्थानमा रहेको छ । टोटनह्यामले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया