इंग्लिस प्रिमियर लिगमा चेल्सीको विजयी सुरुवात, ब्राइटन ३–१ ले पराजित

 भदौ ३०, २०७७ मंगलबार ७:६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा चेल्सीले ब्राइटनलाई हराएको छ । गएराति भएको खेलमा चेल्सीले ब्राइटनविरुद्ध ३–१ को जित निकालेको हो । उसका लागि जोर्गिन्हो, रेस जेम्स र कर्ट जुमाले एक एक गोल गरे ।

ब्राइटनका थ्रोसार्डले एक गोल गरे पनि जितको लागि पर्याप्त भएन र चेल्सीलाई ३ अंक सुम्पन बाध्य भयो । अर्को खेलमा उल्भ्सले सेफिल्ड युनाइटेडलाई दुई शून्यले हराएको छ ।

अन्तिम अपडेट: चैत १९, २०८०

तपाईको प्रतिक्रिया