क्रिकेटर ललित भण्डारीको उपचारका लागि सीप्यानद्धारा सहयोग संकलन सुरु

 भदौ ३०, २०७७ मंगलबार ११:५०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ क्रिकेट खेलाडी संघ नेपाल सीप्यानले क्रिकेटर ललितसिंह भण्डारीको उपचारको लागि आर्थिक सहयोग संकलन सुरु गरेको छ ।

सीप्यानकातर्फबाट अध्यक्ष मनिषराज पाण्डे र महासचिव पारस खड्काले आज विज्ञप्तिमार्फत दुर्घटनामा घाइते भएका खेलाडी भण्डारीलाई उपचारको लागि आर्थिक सहयोग जरुरी रहेको भन्दै रकम जुटाउने निर्णय गरेकाे हो । 

यसको लागि खेलाडीहरुले पनि आफूसक्दो सहयोग गर्ने भएका छन् । यस्तै सहयोग गर्न चाहनेहरुले सेन्चुरी कर्मसियल बैंक पुतलीसडकको खाता नम्बर ०० १ ००० २५ २९ सीएमा रकम जम्मा गर्न पनि सीप्यानले अनुरोध गरेको छ । कैलालीमा मोटरसाइकल दुर्घटनामा परेका भण्डारीलाई हिजो काठमाण्डौ ल्याइएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया