राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको आज शल्यक्रिया हुने

 असोज १, २०७७ बिहीबार ७:१०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दुर्घटनामा गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको आज शल्यक्रिया गरिने भएको छ ।

आईसीयूमा उपचाररत भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेकाले आज बिहान शल्यक्रिया गर्न लागिएको ग्राण्डी अस्पतालले जनाएको छ । शरिर भित्रको चोट सुधार भएको र सबै रिपोर्टहरु राम्रो आएकाले आज बिहान दायाँ हात र खुट्टाको शल्यक्रिया गरिने भएको हो ।

गएको आइतबार कञ्चनपुरको झलारीमा भण्डारी रहेको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो । तत्काल धनगढीको निसर्ग अस्पताल, बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा सामान्य उपचारपछि हेलिकोप्टरमार्फत् काठमाण्डौ ल्याएर ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया