बायर्न म्युनिखका स्ट्राइकर लेवान्डोस्कीलाई 'प्लेयर अफ दि सिजन' अवार्ड

 असोज १, २०७७ बिहिबार १२:१६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई 'प्लेयर अफ दि सिजन' अवार्ड प्रदान गरिएको छ ।

सन् २०१९–२० को सिजन बायर्नका लागि सर्वाधिक गोल गरेका उनले उत्कृष्ट खेलाडी बन्दै प्लेयर अफ दि सिजन अवार्ड जितेका हुन् । लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनमा बायर्नले गएको सिजनमा तीन उपाधि जितेको थियो ।

बायर्नले बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कपको उपाधि जित्दा लेवान्डोस्कीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । गएको सिजन लेवान्डोस्कीले लिगमा ३४ गोल गरेका थिए भने च्याम्पियन्स लिगमा १५ गोल गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया