क्रिकेटर ललितको शल्यक्रिया सफल

 असोज १, २०७७ बिहिबार १६:१३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कञ्चनपुरमा माेटरसाइकल दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिंह भण्डारीको बिहीबार शल्यक्रिया भएको छ ।

क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान) ले बिहीबार ललितको मुख्य चोटको शल्यक्रिया सफल भएको बताएको हो । कञ्चनपुरमा दुर्घटना भएपछि थप उपचारका लागि काठमाण्डाैकाे ग्राण्डी अस्पतालमा भर्ना भएका ललितको डा.चक्र राज पाण्डेको टिमले शल्यक्रिया गरेको सिप्यानले बताएको छ ।

सिप्यानले ललितको अवस्था स्थिर रहेको समेत बताएको छ । ललितलाई आइतबार राति धनगढीबाट महेन्द्रनगर जाँदै गरेको ट्रकले ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार ललित र उनका भाइलाई चोट लागेको थियो ।

दुर्घटनामा परेपछि ललितलाई धनगढीको निःसर्ग अस्पतालमा राखेर उपचार गरिएको थियो । त्यहाँका चिकित्सकले थप उपचारका लागि ललितलाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा रेफर गरे पनि त्यहाँबाट सोमबार हेलिकप्टरबाट काठमाण्डाै ल्याइएको थियो ।

ललितको उपचारका लागि सिप्यानले आर्थिक सहयाेग सङ्कलन गरिरहेको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया