फिफा वरीयतामा नेपाल जहाँकाे त्यहीँ

 असोज १, २०७७ बिहीबार १८:३५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत् स्थानमै रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेकाे नयाँ वरीयतामा नेपाल १७० औँ स्थानमै रहेको हो । गएकाे महिना पनि नेपाल यही स्थानमा रहेको थियो । 

त्यस्तै नेपाल दक्षिण एसियाली राष्ट्रको तेस्रो स्थानमा रहँदा नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । याे महिना एक स्थान घटुवा भएको भारत १०९ औँ स्थानमा छ भने माल्दिभ्स १५५ औँ स्थानमा छ ।

नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान छन् । भुटान १८९ औँ, बङ्गलादेश १८७ औँ, श्रीलङ्का २०६ औँ र पाकिस्तान २०० औँ स्थानमा छन् ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत् रहेको छ भने फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ग्ल्याण्ड चौथो तथा पोर्चुगल पाँचौ स्थानमा रहेका छन् । पोर्चुगल भने दुई स्थान उक्लिएर पाँचौ स्थानमा पुगेको हो ।

एक स्थान तल झरेको उरुग्वे छैटौँ, स्पेन सातौँ, क्रोएशिया आठौँ, अर्जेन्टिना नवौँ र कोलम्बिया दशौँ स्थानमा रहेका छन् । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया