विश्व फुटबलको सर्वोच्च निकाय फिफाको साधारण सभा आज हुँदै

 असोज २, २०७७ शुक्रबार १४:४९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व फुटबलको सर्वोच्च निकाय फिफाको साधारण सभा शुक्रबार हुँदैछ । कोराना भाइरसको महामारीका कारण फिफाको बैठक भर्चुअल माध्यमबाट हुनेछ ।

फिफाको इतिहासमा पहिलो पटक भर्चुअल माध्यममार्फत साधारणसभा हुन लागेको हो । नेपाली समयअनुसार शुक्रबार बेलुकी पौने सात बजे सुरु हुने बैठकमा कोरोना भाइरसका कारण फुटबलमा परेको असर र अब चाल्नुपर्ने कदमका बारेमा छलफल हुनेछ ।

साधारणसभामा  विश्वभरका फिफाका सदस्य देशका प्रतिनिधि सहभागी हुनेछन् । नेपालबाट एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष कृष्ण थापा र रविन्द्र जोशी बैठकमा सहभागी हुनेछन् । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया