इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनकाे जित

 असोज ३, २०७७ शनिबार १९:३०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले वेष्ट ब्रोमलाई ५–२ ले हराएको छ । खेलको १० औं मिनेटमा गोल गर्दै वेष्ट ब्रोमले अग्रता बनाए पनि एभर्टन खेलमा फर्कन सफल भयो ।

उसका लागि डोमिनिक कालभर्ट लेविनले ह्याट्रिक गरे । पहिलो हाफको अन्त्यतिर वेष्ट ब्रोमका खेलाडी काइरन गिब्सले एभर्टनका खेलाडीलाई लडाएपछि रेफ्रीले गिब्सलाई रातो कार्ड दिए । विवाद गर्न आएको भन्दै वेष्टब्रोमका प्रशिक्षक स्लोभेन विलिचले पनि रातो कार्ड खाएका छन् ।

जितसँगै ६ अंकका साथ एभर्टन शीर्ष स्थानमा रहेको छ भने वेष्ट ब्रोम दुई वटै खेलमा पराजित हुँदै पुछारमा रहेको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया