आईपीएल २०२० : दिल्ली र पञ्जाबबीच खेल हुँदै

 असोज ४, २०७७ आइतबार १३:४०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसको महामारीका बीच इण्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ शृङ्खला संयुक्त अरब इमिरेट्समा सुरु भइसकेको छ । 

टी–२० लिगको दोस्रो खेलमा आइतबार दुबईमा दिल्ली क्यापिटल्स र किङ्ग्स इलेभन पञ्जाब खेल्दै छन् । यी दुई टिमबीचको खेल राति सवा ८ बजेपछि सुरु हुनेछ । 

यी दुवै टिम पहिलो खेलमा जित दर्ता गर्दै प्रतियोगिताको राम्रो सुरुवात गर्न चाहन्छन् र यसका लागि आफ्ना उत्कृष्ट ११ खेलाडीका साथ मैदानमा उत्रिन चाहन्छन् ।

दिल्लीको टिममा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध छन् । 

यसैबीच शनिबार भएको पहिलो खेलमा चेन्नई सुपर किङ्ग्सले मुम्बई इण्डियन्सलाई पाँच विकेटले पराजित गरेको थियो ।  

दिल्लीको तर्फबाट प्लेइङ ११ : 

शिखर धवन, पृथ्वी श, श्रेयस अय्यर, रिषभ पन्त, शिमरन हेटमायर, मार्कस स्टोनिस, अक्षर पटेल, रवीचन्द्रन आश्विन, कागिसो रबाडा, एनरिच नाेर्तजे र माेहित शर्मा ।  

पञ्जाबको तर्फबाट प्लेइङ ११ :  

केएल राहुल, मयङ्क अग्रवाल, करुण नायर, सर्फराज खान, ग्लेन म्यासवेल, निकाेलस पूरन, के ग्वाथम, क्रिस जाेर्डन, शेल्डोन कोट्रेल, रवी बिशोनी र मोहम्मद शामी ।  

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया