सन्दीप लामिछाने आबद्ध दिल्लीले सुपर ओभरमा पञ्जाबलाई हरायो

 असोज ५, २०७७ सोमबार ७:२२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले किग्ङ्स इलेभेन पञ्जाबलाई हराएको छ ।

गएराति दिल्लीले सुपर ओभरको खेलमा पञ्जाबलाई हराएको हो । दिल्लीको टिममा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध छन् । तर यो खेलमा उनी प्लेइङ ११ मा परेनन् । पञ्जाबले ३ बलमा २ विकेट गुमाएर २ रन मात्र बनायो । केएल राहुल २ र निकोलस पुरन शून्य रनमा आउट भए । दिल्लीले तीन बलमा लक्ष्य पूरा गर्यो ।

दिल्लीका ऋषभ पन्तले विजयी रन प्रहार गरे । यसअघि दिल्लीले जितका लागि पञ्जाबलाई १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।  पञ्जाबले ८ विकेट गुमाएर १ सय ५७ रन बनायो । पञ्जाबका लागि मयंक अग्रवालले ८९ रनको शानदार पाली खेलेका थिए । ओपनर केएल राहुलले २१, कृष्णाप्पा गौथमले २० र सर्फराज खानले १३ रन बनाएका थिए ।

अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । यसअघि, पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । दिल्लीविरुद्ध पञ्जाबका बलरले उत्कृष्ट प्रदर्शन गरे । मोहमद सामीले ४ ओभरमा मात्र १५ रन खर्चिएर ३ विकेट लिए । यस्तै, सेल्डन काटरेलले २ तथा रवि बिश्रोइले १ विकेट हात पारे ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया