आईपीएल २०२० : टस जितेर सनराइजर्स हैदराबाद बेङ्ग्लाेरविरुद्ध बलिङ गर्दै

 असोज ५, २०७७ सोमबार १९:२६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  इण्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबाद र राेयल च्यालेन्जर्स बेङ्ग्लाेर खेल्दै छन् । टस जितेको सनराइजर्सले पहिला बलिङ गर्ने निर्णय गरेको छ ।  

यी दुवै टिम पहिलो खेलमा जित दर्ता गर्दै प्रतियोगिताको राम्रो सुरुवात गर्न चाहन्छन् र यसका लागि आफ्ना उत्कृष्ट ११ खेलाडीका साथ मैदानमा उत्रिन चाहन्छन् ।

सनराइजर्स हैदराबाद डेभिड वार्नरको कप्तानीमा र रोयल च्यालेन्जर्स बेङ्ग्लोर विराट कोहलीको कप्तानीमा मैदानमा उत्रँदै छ । 

यी दुई टिम १४ पटक आमनेसामने हुँदा हैदराबादले सात खेल जितेकाे छ भने बेङ्ग्लाेरले ६ खेल जितेकाे ६ । एक खेल भने बराबरी भएकाे छ ।   

यस्तो छ सनराइजर्सको प्लेइङ ११–

डेभिड वार्नर, जोनी बेयर्स्ट्रो, मनिष पाण्डे, विजय शङ्कर, मिचेल मार्श, प्रियम गर्ग, अभिषेक शर्मा​, राशिद खान, भुवनेश्वर कुमार, सन्दीप शर्मा, टी नटराजन ।

यस्तो छ बेङ्ग्लोरको प्लेइङ ११–  

एरोन फिन्च, देवदत्त पडिक्कल, विराट कोहली, एबी डी भिलियर्स, जाेश फिलिप्पे, शिवम् दुवे, वाशिङ्टन सुन्दर, उमेश यादव, नवदीप सैनी, डेन स्टेन, युजविन्द्र चहल । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया