इटालियन ओपन टेनिसको उपाधि जोकोभिचलाई

 असोज ६, २०७७ मंगलबार ६:२८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्व नम्बर एक नोभाक जोकोभिचले इटालियन ओपन टेनिसको उपाधि जितेका छन् ।

रोममा सोमबार राति भएको फाइनलमा अर्जेन्टिनाका डिएगो स्वार्टजम्यानलाई पराजित गर्दै जोकोभिचले उपाधि जितेका हुन् । सर्बियन जोकोभिचले डिएगोमाथि ७–५ र ६–३ को सेटमा जित निकाले ।

यससँगै जोकोभिचले पाँचौ पटक इटालियन ओपनको उपाधि जितेका छन् । ३६ औं पटक मास्टर्स उपाधि जितेसँगै उनी यो उपाधि सर्वाधिक धेरै जित्ने खेलाडी पनि बनेका छन् ।

उनले राफायल नाडालको कीर्तिमान भङ्ग गरेका हुन् । नाडालले ३५ मास्टर्स उपाधि जितेका छन् ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया