आईपीएल २०२० : राजस्थान राेयल्स र चेन्नई सुपर किङ्ग्स खेल्दै

 असोज ६, २०७७ मंगलबार १५:१५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत मङ्गलबार राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्स खेल्दै छन् । यी दुई टिमबीचको खेल बेलुका पौने ८ बजेपछि सुरु हुनेछ । 

महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई लगातार दोस्रो जित निकाल्ने दाउमा छ भने स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थान चेन्नईलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ । 

पछिल्लो पाँच भेटमा भने राजस्थानले चेन्नईविरुद्ध एकमात्र जित निकालेको छ । अघिल्लो संस्करणको दुई भेटमा चेन्नईले राजस्थानलाई हराएको थियो ।  

राजस्थानलाई प्लेइङ ११ छान्न चिन्ता थपिँदा चेन्नई भने पहिलाे खेलकै प्लेइङ ११ का साथ मैदानमा उत्रने सम्भावना छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया