पहिलाे खेल हारेकाे मुम्बई काेलकाताविरुद्ध ब्याटिङ गर्दै

 असोज ७, २०७७ बुधबार १९:३९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । 

टस हारेकाे मुम्बई काेलकाताविरुद्ध अहिले ब्याटिङ गरिरहेकाे छ । पहिलाे खेलमा चेन्नईसँग हार बेहाेरेकाे मुम्बई केही दबाबमा हुनेछ भने काेलकाता याे खेल जित्दै प्रतियाेगिताकाे सुखद सुरुवात गर्ने दाउमा छ । 

अहिलेसम्म यी दुई टिमबीच भएकाे भेटमा मुम्बई १९-६ ले अघि छ । याे खेलमा मुम्बई र काेलकाता आफ्नाे उत्कृष्ट प्लेइङ ११ का साथ मैदानमा उत्रिएका छन् ।    

यस्ताे छ काेलकाताकाे प्लेइङ ११ –

सुनिल नरायन, शुभमन गिल, नीतिश राना, इयन मर्गन, आन्द्रे रसेल, दिनेश कार्तिक, निखिल नायक, प्याट कमिन्स, कुलदीप यादव, सन्दीप वारियर र शिवम् माभी ।

यस्ताे छ मुम्बईकाे प्लेइङ ११ –

राेहित शर्मा, क्विन्टन डी कक, सूर्यकुमार यादव, साैरभ तिवारी, हार्दिक पाण्डेया, कायरन पाेलार्ड, क्रुनल पाण्डेया, जेम्स प्याटिन्सन, राहुल चाहर, ट्रेन्ट बाेल्ट र जसप्रित बुमराह ।  

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया