सुपर ओभरमा दिल्लीसँग हारेको पञ्जाब दाेस्राे खेलमा बेङ्ग्लोरसँग खेल्दै

 असोज ८, २०७७ बिहिबार १९:१३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार किङ्ग्स एलाभेन पञ्जाब र रोयल च्यालेन्जर्स बेङ्ग्लोरबीच खेल हुँदैछ । यी दुईबीचको खेल पौने आठ बजेपछि सुरु हुनेछ । 

पञ्जाब केएल राहुलको कप्तानीमा र बेङ्ग्लोर विराट कोहलीको कप्तानीमा मैदानमा उत्रिनेछ । यी दुवै टिमले प्रतियोगितामा दोस्रो खेल खेल्न लागेका हुन् ।

पञ्जाब पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो भने बेङ्ग्लोरले पहिलो खेलमा सनराइजर्स हैदराबादलाई १० रनले हराएको थियो । 

यी दुई टिमबीच अहिलेसम्म २५ पटक भेट हुँदा दुवै टिमले १२–१२ वटा खेल जितेका छन् ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया