आईपीएल २०२० : चेन्नई र दिल्ली खेल्दै

 असोज ९, २०७७ शुक्रबार १९:१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा चेन्नई सुपर किङ्ग्स र दिल्ली क्यापिटल्स खेल्दै छन् । यी दुईबीचकाे खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बेलुकी पौने ८ बजेपछि  हुने  । 

सन्दीप लामिछाने आबद्ध दिल्लीले आज दोस्रो खेल खेल्दै छ । पहिलो खेलमा दिल्लीले किङ्स एलाभेन पन्जाबलाई सुपर ओभरमा पराजित गरेको थियो । 

चेन्नई भने आज दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा चेन्नईले मुम्बई इण्डियन्सलाई पाँच विकेटले हराएको थियो । तर दोस्रो खेलमा चेन्नई राजस्थान रोयल्ससँग १६ रनले पराजित भएको थियो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया