ब्याडमिन्टनका खेलाडी अभ्यासमा फर्किए

 असोज ११, २०७७ आइतबार १२:३६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ब्याडमिन्टनका खेलाडी अभ्यासमा फर्किएका छन् ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा ब्याडमिन्टन खेलाडीले आजदेखि अभ्यास थालेका हुन् । दुई घन्टा सरसफाई गरेपछि कोरियन प्रशिक्षक चोई सिउन कुकले पहिलो दिन आज खेलाडीलाई सामान्य अभ्यास गराएका छन् ।

तीन महिनाअघि नेपाल आएका प्रशिक्षक चोईले पहिलो चरणमा खेलाडीको फिटनेसलाई ध्यान दिने बताएका छन् । लामो समयदेखि हुन नसकेको अभ्यासमा फर्किन पाउँदा खेलाडी उत्साहित भएका छन् । कोरोना भाइरसका कारण कोर्टबाहिर रहेका खेलाडीमा उमङ्ग छुट्टै  देखिन्थ्यो । तर पहिलो दिन खेलाडी कभर्डहलमा पस्दा हलको अवस्था भने दयनीय देखियो ।

एकातिर कभर्डहल मर्मत सम्भार काम भइरहेको थियो भने अर्कोतिर खेलाडी आफैँ सरसफाईमा जुट्दा अभिभावक संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) भने यस बारेमा बेखबर थियो । प्रशिक्षणको पहिलो दिन १० खेलाडी उपस्थित थिए ।

कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण ठप्प भएको नेपालको खेलकुद क्षेत्र भने अझै चलायमान हुन सकेको छैन । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया