प्रिमियर लिग : म्यानचेस्टर सीटीसँगकाे खेलमा लेस्टरकाे सानदार जित

 असोज १२, २०७७ सोमबार ६:४६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले म्यानचेस्टर सिटीलाई ५-२ गोल अन्तरले हराएको छ । 

घरेलु मैदानमा यो सिजनमा पहिलो खेल खेलेको सिटीले लेस्टरसँग हार व्यहोरेको हो । लेस्टरको जितमा जिमी भार्डीले ह्याट्रिक गरे । जितसँगै लेस्टर लिगको शीर्ष स्थानमा उक्लिएको छ।

उसले तीन खेलमा तीन जित निकालेको छ भने सिटीले दोस्रो खेलमा नै हार व्यहोरेको छ । सिटीले सुरुवाती गोलको अग्रता जोगाउन सकेन । त्यसपछि लेस्टरले लगातार चार गोल गर्यो । 

यो सिजनमा ह्याट्रिक गर्ने भार्डी पहिलो खेलाडी बनेका छन् । यो जितपछि लेस्टरले तीन खेलमा नौ अंक बनाएको छ भने सिटीको दुई खेलमा तीन अंक छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया