आईपीएल २०२० : मुम्बईले टस जित्यो, बेङ्ग्लोरलाई ब्याटिङको निम्तो

 असोज १२, २०७७ सोमबार १९:४३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार रोयल च्यालेन्जर्स बेङ्ग्लोर र मुम्बई इण्डियन्स प्रतिस्पर्धा गर्दैछन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेलमा मुम्बईले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । 

१३ औँ संस्करणको यो प्रतियोगितामा दुवै टिमले दुई खेल खेल्दा एकमा जित र एकमा हार व्यहोरेका छन् ।  

बेङ्ग्लोरले पहिलो खेलमा सनराइजर्स हैदराबादलाई हराउँदा दोस्रो खेलमा किङ्ग्स एलाभेन पञ्जाबसँग हार व्यहोरेको थियो । यता मुम्बईले पहिलो खेलमा चेन्नई सुपर किङ्ग्ससँग हार व्यहोर्दा दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई हराएको थियो । 

दुवै टिम यो खेल जित्दै अङ्क तालिकामा केही स्थान माथि उक्लिने प्रयासमा हुनेछन् । यी दुई टिम अहिलेसम्म २५ पटक आमने सामने हुँदा मुम्बई १६ पटक विजयी भएको छ भने बेङ्ग्लोरले नौ पटक जितेको छ । 

यस्तो छ बेङ्ग्लोरको प्लेइङ ११–

देवदत्त पाडिक्कल, एरोन फिन्च, विराट कोहली, एबी डी भिलियर्स, शिवम् दुबे, वाशिङ्टन सुन्दर, इसुरु उडाना, गुरकीरत सिंह मन, नवदीप सैनी, युजवेन्द्र चाहल र एडम जम्पा । 

यस्तो छ मुम्बईको प्लेइङ ११–  

क्विन्टन डी कक, रोहित शर्मा, सूर्यकुमार यादव, इशान किशन, हार्दिक पाण्डेया, कायरन पोलार्ड, क्रुनल पाण्डेया, राहुल चाहर, जेम्स प्याटिन्सन, ट्रेन्ट बोल्ट र जसप्रित बुमराह ।   

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया