आईपीएलमा आज राजस्थान रोयल्स र कोलकता नाइट राइडर्स भिड्ने

 असोज १४, २०७७ बुधबार ११:२४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इण्डियन प्रिमियर लिग आईपीएलमा आज राजस्थान रोयल्स र कोलकता नाइट राइडर्सबीचको खेल हुने भएको छ ।

यूएईमा नेपाली समय अनुसार राति पौने ८ बजेदेखि खेल शुरु हुने छ । राजस्थान लगातार २ खेल जित्दै शीर्ष स्थानमा रहेको छ भने २ मध्य एक खेल मात्रै जितेको कोलकता पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

गएराति भएको खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको थियो । हैदराबादले दिएको १ सय ६३ रनको लक्ष्य पाएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र बनायो ।

टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । जितसँगै हैदराबादले ३ खेलमा २ अंक जोडेको छ ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया