महिला तथा पुरुष क्रिकेट खेलाडीको वर्गीकरण परिमार्जन हुने

 असोज १५, २०७७ बिहिबार १३:१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल क्रिकेट सङ्घ क्यानले महिला तथा पुरुष क्रिकेट खेलाडीको वर्गीकरण परिमार्जन गर्ने निर्णय गरेको छ ।

गएको ६ गते चितवनमा सम्पन्न क्यानको बोर्ड बैठकले १८ जना पुरुष र १९ जना महिला खेलाडीलाई विभिन्न श्रेणीमा वर्गीकरण गरेकोमा केही महत्वपूर्ण खेलाडीको नाम छुटेको भन्दै क्यानले परिमार्जन गर्ने निर्णय गरेको हो ।

क्यानले वर्गीकरण निर्धारण समितीलाई दुवै टिमका कप्तानसँग छलफल गरेर सुझावसहितको नयाँ वर्गीकरण प्रतिवेदन बोर्डमा पेस गर्न अनुरोध गरेको अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति निकालेर जानकारी दिनुभएको हो ।
 

अन्तिम अपडेट: असोज १६, २०७७

तपाईको प्रतिक्रिया